काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनसम्बद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारका कामकारवाही र आगामी प्रदेश र संघको निर्वाचनका विषयमा छलफल हुनेछ ।
स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेका दलहरुले चुनावपछि संयुक्तरुपमा समीक्षा गरेको छैन् । बैठकमा मन्त्रीहरूको हेरफेर र आम निर्वाचनको मितिबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९, १३:१६:००