काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला र९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९, १२:१०:००