काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला तीन सयले घटेर एक लाख तीन हजार दुई सय रुपैयाँमा आएको छ । यो सुन हिजो प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार ४ सय घटेर कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९, ११:५५:००