रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न वाग्मती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो ।
प्रयोगितामा पहिलो हुने चितवन नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले रू दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । दोस्रो भएको रामेछापले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले ३० हजार नगदप्राप्त गरेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९, २१:१४:००