काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँचले बढेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ पुगेको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, ११:४५:००