काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा धारणा राख्नुहुँदै सांसद केसीले ठेकेदारी प्रथामा देखिएको कार्टेलिजम्, सिन्डेकेटिजम्, फिक्सिङले गुणस्तरलाई असरमात्रै होइन ।
सम्पूर्णरुपमा मझौला र निम्न वर्गीय खालका ठेकेदारहरु पनि त्यत्तिकै आपतमा परेको बताउनुभयो । 'ठेकेदारी प्रथामा देखिएको कार्टेलिजम्, सिन्डेकेटिजम्, फिक्सिङले गुणस्तरलाई असरमात्रै होइन । सम्पूर्ण रुपमा मझौला र निम्न वर्गीय खालका ठेकेदारहरु पनि त्यत्तिकै आपतमा परेका छन्,' उहाँले भन्नुभयो ।
मेरै नुवाकोट जिल्लामा २०१४ जुन ५ मा भएको पासाङ ल्हामु राजमार्गको सम्झौतामा ७ चोटी समय बढ्यो । दुई वर्षका निम्ति भएको सम्झौता ६ वर्ष थप्यो । त्यसको झन्डै ४० प्रतिशत बजेट वृद्धि भयो । तर अहिलेसम्म केही काम भएको छैन,' उहाँको भनाइ थियो, 'रणनीति मार्गका रुपमा रहेका कुमरी-कोल्पुटारजस्ता देशभरका राष्ट्रिय गौरवका आयोजना र अन्य योजना त्यस्तै हालत छ ।'
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, १५:०३:००