सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका– २ सीमखण्ड गाउँस्थित सुनकोसी ठोकर्पा कृषि फार्ममा करेन्ट सट हुँदा आगलागी भएको छ । आगलागीमा जलेको फार्मलाई पुरानै अवस्थामा ठड्याउन सहयोग पनि जुट्न थालेको छ ।
पीडित फार्मका सञ्चालकलाई सुनकोसी गाउँ पालिकाको पुर्व अध्यक्ष बिनोद जिसिले १ लाख,सुनकोसीको उपाध्यक्ष कान्छीमाया लामाबाट १५ हजार, इकाइ सभापति रामकुमार जिसी १० हजार, वडाध्यक्ष पूर्णबहादुर महत १० हजार, वडासदस्य कुलप्रसाद सापकोटाले १० हजार र स्थानीय अगुवा रमिला तामाङ र कमला रोक्काले १० हजार नगद सहयोग सहयोग हस्तान्तरण गनुभएको छ ।
०७८ साल वैशाखमा स्थापना गरिएको बाख्रा फार्ममा विभिन्न जातका एक सय २० वटा बाख्रा र बोकाहरु रहेकोमा आगलागीमा ३९ वटा मात्र बचाउन सकेको फार्मका सञ्चालक जालबहादुर खत्रीले बताउनुभयो । जिल्लाकै ठूलो बाख्रा फार्ममध्ये एक रहेको उक्त फार्म बैंक र सहकारीबाट ऋणसहित गरी ६० लाखको लागतमा संचालन गरेको खत्रीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, १७:११:००