काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाल १४ सयले मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन १ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य अहिलेसम्मकै ऐतिहासिक हो । अघिल्लो दिन बुधबार भने प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी भने १ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९, ११:२२:००