काठमाडौं । तामाङ समुदायको सर्वोच्च संस्था नेपाल तामाङ घेदुङले आदिवासी आयोगको सूचीकरणमा छुटेका र सच्याउनुपर्ने 'थर'बारे जानकारी गराउन अपिल गरेको छ ।
घेदुङले आफ्नो फेसबुक पेजमार्फत आदिवासी आयोगले सबै आदिवासी जनजातिहरूको थर सूचीकरण गर्न लागेको र त्यसको अनुरोध तामाङलाई पनि आएकोले यही फागुन ११ भित्र सामाजिक सञ्जालका विभिन्न माध्यम वा फोनबाट जानकारी गराउन अनुरोध गरिएको हो ।
'अहिले आदिवासी आयोगले सबै आदिवासी जनजातिहरूको थर सूचीकरण गर्न लागेको र त्यसमा तामाङ जातिभित्र रहेको विभिन्न थर पनि सूचीकरणको लागि अनुरोध भई आएको हुँदा विद्वान् मानवशास्त्री डा. मुक्त सिंह तामाङज्यूको खोज, अनुसन्धान तथा विद्वान् लेखकहरूको विगतमा प्रकाशित पुस्तक र घेदुङले संस्थागतरूपमा खोजी गरी प्राप्त गरेको थरहरूलाई यहाँ राखेका छौं । यसमा छुटेका अथवा सच्याउनु पर्ने थरहरूको बारे २०७९ फागुन ११ गतेभित्र कुनै पनि माध्यम (मेसेन्जर, ह्वाटसएप, मेल, भाइबर, फोन) आदिबाट जानकारी गराउनु होला,' घेदुङको अनुरोधमा भनिएको छ । घेदुङले सम्पर्कका लागि मोबाइल नम्बर : 9842837330/9869491010/9851054104 समेत उपलब्ध गराएको छ ।
विभिन्न पुस्तक र घेदुङले संस्थागतरूपमा खोजी गरेका ११३ थरहरूको सूची



प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९, १०:३१:००