सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा दुई दिने निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पताल, रोटरी क्लब मकवानपुर तथा रोटरी क्लब मिडटाउन काठमाडौंको सयुक्त आयोजनामा आँखा शिविर हुन लागेको हो ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा हुन लागेको शिविर फागुन १६ गते मंगलबार वडा नम्बर ७ क्यानेश्वर स्वास्थ्य चौकीमा बिहान १० बजे देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
यस्तै फागुन १७ गते बुधबार वडा नम्बर दुईको पिपलमाडी स्वास्थ्य चौकीमा पनि बिहान १० बजे देखि दिउँसोको २ बजेसम्म शिविर बस्ने जनाएको छ ।
आँखाका समस्या भएका र अस्पताल जान नसक्नु भएका नागरिकको लागि शिविर ठूलो अवसर हुनेछ । शिविरमा आँखा परीक्षणको क्रममा आँखामा समस्या देखिएको बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै मोतिबिन्दु देखिएका बिरामीको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेशनको व्यवस्था पनि गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, १६:१७:००