सिन्धुली । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति सिन्धुलीको अध्यक्षमा शर्मिला बज्यु सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार भएको ५ औँ जिल्ला अधिवेशनले बज्युको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा फूलकुमार बम्जन, सचिवमा दिलमाया गोले, सहसचिवमा देवराज पाख्रिन, कोषाध्यक्षमा सम्झना ब्लोन तामाङ चयन हुनुभएको छ ।
नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष विज्ञान दोर्जे लामाको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव काजीकान थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रीय सचिव विशाल थिङ, सचिवालय सदस्य सम्झना ब्लोन, नेपाल तामाङ विद्यार्थी घेदुङ वाग्मती प्रदेश अध्यक्ष अजय दोङ, नेपाल तामाङ घेदुङ कमलामाई नगरपालिकाका अध्यक्ष सरिता राई लगायतको उपस्थिति थियो ।
अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव काजीमान थिङले तामाङ जातिहरुको दिनानुदिन लोप हुने अवस्थामा पुगेको कला, संस्कृति भाषा, भेषभुषालाई जगेर्ना गर्नु अबको पुस्ताको दायित्व रहेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९, ०८:००:००