सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले ३ दिने स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । अन्तराष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा पालिकाले महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गर्न लागेको हो ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा फागुन २४ देखि २६ गते सम्म विभिन्न वार्डमा शिविर सञ्चालन हुनेछ । शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने रोगको स्क्रीनिङ टेस्ट लगायतका स्वास्थ्य परिक्षण गरिने छ ।
फागुन २४ गते सुनकोशीको ३, ४ र ५ नम्बरका वार्डका महिलाहरूले शिविरबाट स्वास्थ्य परिक्षण गराउँन सक्नुहुनेछ । बिहान १० बजे देखि सुरु हुने शिविरमा सुरु हुने शिविर २४ गते झाँगाझोली स्वास्थ्य चौकी ३ मा हुनेछ ।
शिविरको दोस्रो दिन फागुन २५ गते वार्ड नम्बर १ र २ का महिला दिदी बहिनीले स्वास्थ्य सेवा लिन सक्नुहुनेछ । शिविर कुशेश्वर दुम्जा स्वास्थ्य चौकी वार्ड नम्बर १ मा सञ्चालन हुनेछ ।
यस्तै फागुन २६ गते वार्ड नम्बर ६ र ७ लाई लक्षित शिविर सुरु गरिएको छ । बिहान १० बजे देखि सुरु हुने शिविर वार्ड नम्बर ६ को शीतलपाटी स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।
शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, आङ खस्ने रोगको स्क्रीनिङ गरिने छ भने २० वर्ष माथिका विवाहित महिलाले सेवा लिन सक्ने पालिकाले जनाएकोछ ।
.jpg)
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, १७:४५:००