सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले गैरकानुनी रुपमा माछा मार्ने क्रियाकलापलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।
मरिण गाउँपालिकास्तरीय स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको यही फागुन ५ गते बसेको बैठकले गाउँपालिका क्षेत्रभित्र पर्ने मरिण खोला लगायतका अन्य खोलाहरूमा विद्युतीय माध्यमद्वारा, विषादीजन्य एवं विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गैरकानुनी क्रियाकलापलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेको सोमबार सूचनामार्फत जानकारी गराइएको हो ।
गाउँपालिका अध्यक्ष विमर्श मुक्तान `प्रख्यात´ले माछा उत्पादन हुने पहिचान बोकेको मरिण खोलामा पछिल्लो समयमा मासिँदै गएकोले अवैधरूपमा माछा मार्ने कामलाई बन्द गराउनेल निर्णय गरिएको जानकारी दिनुभयो ।
गैरकानुनी रूपमा क्रियाकलाप गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९, १४:२१:००