काठमाडौ । सोमालियामा पचास लाख जती मानिस खाद्य सङ्कटमा परेका बताइएको छ ।
राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियास खाद्य सङ्कटमा परेको संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले जानकारी दिएका समाचारमा जनाइएको हो । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउनुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताउनुभएको हो ।
उहाँका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९, १२:४०:००