नुवाकोट । नुवाकोट जिल्लाको तादी गाउँपालिकामा ५३९ गरिब घर परिवारको प्रारम्भिक सूची प्रकाशन गरिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र कार्कीले बिहीबार सामान्य गरिब, मध्यम गरिब र अति गरिब वर्गीकरणसहितको सूची प्रकाशन गर्नुभएको हो ।
उहाँले गरिब परिवारमा समावेशी हुनुपर्नेमा प्रारम्भिक सूचीमा नपरेको भन्ने लागेमा सम्बन्धित परिवारको १८ वर्ष उमेर पूरा भएको सदस्यले पर्याप्त आधार र कारण खोली गुनासो दर्ता गर्न सकिने र गरिब परिवारमा समावेश नहुनुपर्नेमा सूचीमा प्रकाशन भएको देखिएमा सम्बन्धित स्थानीय तहमा बस्ने जोसुकैले आधार र कारणसहित उजुरी दिन सक्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।









प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, ११:४०:००