काठमाडौं । सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले १५ औं संस्करणको मिस तामाङको उपाधि जित्नुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै वाइबाले 'मिस तामाङ-२०२३' को ताज पहिरन सफल हुनुभएको हो । सिन्धुली कमलामाई वडा न्मबर ९ की वाइबालाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभयो भने २०१७ की फस्ट रनरअपसमेत रहनुभएकी नवाङ मोक्तानले ताज पहिराईदिनुभयो । वाइबाले प्रतिस्पर्धामा मिस डिसिप्लेनको टाइटलसमेत जित्नुभयो । सुशीला मार्फा तामाङ फस्ट रनरअप र सेकेन्ड रनरअप सिर्जना गोले तामाङले जित्नुभयो । सिर्जनाले मिस मल्टिमिडिया टाइटल पनि आफ्नो पोल्टामा पार्नुभयो ।
बिनिता लुङ्बा- मिस अनलाइन भोटिङ
पूजा दोङ-मिस ट्यालेन्ट
मेलिना योञ्जन-बेस्ट ड्रेस
सिया घिसिङ-मिस पपुलर मिस पर्सनालिटी
प्रनिसा तामाङ-मिस ब्युटिफूल हेयर
सबिना तामाङ-मिस फोटोजेनिक
प्रतियोगितामा चर्चित गायक रोज मोक्तान, उत्तर लामा, सागर वाइबालगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९, २२:३६:००