काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९, ११:३१:००