काठमाडौं । नेपाल तामाङ विद्यार्थी घेदुङको अध्यक्षमा इन्द्र लामा सर्वसम्मत चयन हुनुभएको छ । विद्यार्थी घेदुङ केन्द्रीय समितिको शनिबार बिहान सम्पन्न ८ औं संघीय महाधिवेशनबाट लामाको नेतृत्वमा ५५ जनाको कार्यसमिति चयन भएको हो । कार्यसमितिमा १० जना मनोनीत हुने व्यवस्था छ ।
अध्यक्षमा लामा, वरिष्ठ उपाध्यक्ष विशाल थिङ, महिला उपाध्यक्ष निमा गोले, उपाध्यक्षमा जेन्जो तामाङ र महासचिवको जिम्मेवारी जगत दोङले पाउनुभएको छ । नवनिर्वाचित अध्यक्ष लामा २०६६ सालमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) घेदुङ अध्यक्ष बन्दै केन्द्रीय सदस्य, सहकोषाध्यक्ष, । उपाध्यक्ष हुनुभयो ।
शुक्रबार राजधानीमा विद्यार्थी घेदुङका अध्यक्ष दिनेशकुमार लोको अध्यक्षतामा आयोजित महाधिवेशन वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा देशभरिबाट प्रतिनिधि र पर्यवेक्षक गरी ४ सय हाराहारीमा सहभागी थिए । महाधिवेशनका उद्घाटन सत्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने चर्चित कलाकाहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९, १४:४३:००