सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ को बस फिक्कल गाउँपालिका-४ कुहिभिरमा दुर्घटना हुँदा ५ जनाको मृत्युको प्रारम्भिक खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरीञ्जीवी दाहालले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ । मृतकको पहिचान खुलेको छैन ।
गाडी अनियन्त्रित भएर कुइभीरको भित्तामा ठोक्किन पुगेको छ । बसमा कति जना सवार थिए भन्ने जानकारी नभएकोले मृतकको संख्या बढ्नसक्ने डीएसपी दाहालले बताउनुभयो ।
दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १०:३३:००