काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतक ३ पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा २९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । सामान्य घाइते चालकले ब्रेक फेल हुँदा दुर्घटना भएको बयान दिएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १२:३९:००