काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले काठमाडौंको टङ्गालमा रहेको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको अवलोकन गर्नुभएको छ । सोमबार मूल्यवान कलाकृतिहरूको अवलोकनको क्रममा मन्त्री श्रेष्ठलाई कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालबहादुर लामालगायत प्राज्ञहरूले स्वागत गर्नुका साथै सुझाव पनि राखिएको थियो ।
मन्त्री श्रेष्ठ समक्ष प्रतिष्ठानले सात माग तथा सुझावहरू राखिएको छ । जसअन्तर्गत प्रदेशहरूमा एक– एकवटा कला हब बनाउने, प्रदेशहरूमा प्रदेश स्तरीय कला प्रदर्शनी गर्ने, अन्तर्राष्ट्रिय स्तरको कला समिट काठमाडौंमा गर्ने, वाग्मती प्रदेशलाई कला रिसर्च सेन्टरको रूपमा विकास गर्नुपर्ने र मठ, मन्दिर, चैत्य, गुम्बामा भक्तजनहरूले चढाएको भेटीको केही प्रतिशत कलाको उन्नयनका लागि लगानी गर्नुपर्ने सुझाव दिनुभएको छ । .jpg)
साथै तीनै तहको सरकारले आफ्नो वार्षिक बजेटको कम्तिमा १ प्रतिशत कलाको सम्वर्द्धन र प्रवर्द्धनका लागि छुट्ट्याउनु पर्ने माग पनि राखिएको छ । प्रदेशमा गठन गरिएका र गठन गरिने प्रज्ञाप्रतिष्ठानमा ललितकला विधाबाट समावेशी समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सुझाव प्राज्ञहरूको रहेको छ ।
प्रतिष्ठानका प्राज्ञहरूले राख्नु भएको विभिन्न सुझाव तथा माग महत्वपूर्ण भएको भन्नुहुँदै मन्त्री श्रेष्ठले कार्यान्वयन गर्न र गराउन इमानदारीपूर्वक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
.jpg)
.jpg)
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९, २१:०९:००