तेह्रथुम । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति तेह्रथुमका अध्यक्ष आइतबहादुर तामाङको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगले थलिएर उपचाररत अवस्थामा रहनुभएका तामाङको मंगलबार बिहान ७:०० बजे ५३ वर्षको उमेरमा निधन भएको नेपाल तामाङ घेदुङले जनाएको छ ।
विगत १५ वर्षदेखि जिल्ला घेदुङमा रहेर दुई कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्ष जिम्मेवारी सम्हाली सम्हाल्नुभएका तामाङ समुदायको भाषा, संस्कृति संरक्षण/सम्वर्द्धनका खातिर अनवरत रूपमा काम गर्दै आउनुभएको थियो । यसैबीच तामाङ घेदुङ तेह्रथुम अध्यक्ष आइतबहादुर तामाङको निधनले समग्र तामाङ आन्दोलनमा अपुरणीय क्षति पुगेको नेपाल तामाङ घेदुङले जनाएको छ ।
कार्यवाहक अध्यक्ष कुमारसिंह घिसिङ तामाङले निकाल्नु भएको विज्ञप्तिमा भनिएको छ, 'विगत १५ वर्षदेखि जिल्ला घेदुङमा रहेर दुई कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्ष जस्तो जिम्मेवारी सम्हाली तामाङ समुदायको भाषा, संस्कृति संरक्षण/सम्वर्द्धनका खातिर अनवरत रूपमा काम गर्दै आउनुभएका तामाङको निधनबाट नेपाल तामाङ घेदुङले एउटा जुझारु, कर्मठ र इमान्दार सहकर्मी गुमाएको छ । साथै, उहाँको निधनले समग्र तामाङ आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।' 'तामाङ आन्दोलनको एउटा सशक्त अभियन्ता गुमाउनु परेको यो शोकको घडिमा उहाँको चित्त नाम्सेले देवचन लोकमा बास गरुन् भन्ने कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,' विज्ञप्तिमा छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, २१:१६:००