काठमाडौं । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झा उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो ।
शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । उपराष्ट्रपति निर्वाचनमा कूल ८२९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ जना सांसदले मतदान गर्नु भएको थियो ।
संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरे भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गर्नुभयो ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको थियो।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, १६:४५:००