यूएई । तामाङ समाज यूएई (संयुक्त अरब इमिरेट्स) अलऐन क्षेत्रीय समितिको अध्यक्षमा नमुना घिसिङ चयन भएकी छन् ।
समाजको मार्च १८ तारिख शनिबार सुपर रेस्टुरेन्ट, टाउन सेन्टरमा भएको अधिवेशनबाट घिसिङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । दुई उपाध्यक्षमा उमा ग्लान तामाङ, प्रमोद मोक्तान तामाङ, सचिवमा निर्मला माया स्याङ्बो तामाङ, सहसचिव रन्जना तामाङ, कोषाध्यक्ष सम्झना तामाङ र सहकोषाध्यक्षमा प्रमिला थिङ तामाङ चयन भएका छन् ।
सदस्यहरुमा निर्मला ग्लान तामाङ, शान्ता ब्लोन तामाङ, सुकमाया तामाङ, शान्तिमाया तामाङ, शर्मिला तामाङ र रबिना तामाङ छन् ।
अधिवेशनले रेखा स्याङ्तान तामाङ र कमल बम्जन तामाङलाई सल्लाकारमा छनोट गरेको तामाङ समाज यूएईले जनाएको छ । अधिवेशन तामाङ समाज यूएई केन्द्रीय अध्यक्ष सनिल घिसिङको सभापतित्वमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, ०८:४५:००