नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्णरूपमा शारीरिक अशक्त हुनुभएका रोजिना बजगाईँले आज घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । शारीरिकरूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्तावापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट बञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर नागकिरताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
विसं २०६२ मङ्सिर ५ गते जन्मनुभएका बजगाईँलाई नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले घरमा पुगेर नागरिकता प्रदान गरेसँगै उहाँले मासिक रु चार हजार पाउँदै आउनुभएको सुविधा पाउन सहज हुने उहाँको बुवा कान्छो बजगाईँले बताउनुभयो । उहाँका अनुसार जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त हुनुभएका रोजिनालाई घरको पिँढीमा बनाइएको काठको घेराबारमा राखेर पालनपोषण गराइने गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १०:०९:००