वाग्मती । नेवारी र तामाङ भाषाको बाहुल्य रहेको वाग्मती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो । बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ ।
धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको वाग्मती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि सो भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिनुभयो ।
भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेश गरिने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९, १०:४५:००