नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय भवन बनिरहेको छ । दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारमा निर्माणाधीन उक्त भवन निर्माण व्यवसायीमार्फत् दुई करोड ४४ लाख रुपैयाँमा निर्माण भइरहेको पालिकाले जनाएको छ ।
भवन निर्माणका लागि जग्गा र बजेट दुवै अभावले आवश्यकता अनुसारको भवन बनाउन नपाएको पालिकाको भनाइ छ ।
तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९, १०:३५:००