काठमाडौं । अमेरिकामा सक्रिय रहेको तामाङ सोसाइटी अफ अमेरिका, न्युयोर्कको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित हुनुभएको छ । मार्च २५ मा सम्पन्न भएको एघारौं अधिवेशनबाट तामाङ २०२३ देखी २०२५ सम्मको लागि निर्वाचित हुनुभएको हो ।
यस्तै अधिवेशनमा वरिष्ठ उपाध्यक्ष चिना लामा, उपाध्यक्षहरूमा तुल बहादुर तामाङ, आरती लामा मैना,
महासचिवमा शमशेर योन्जन , सचिवः भीम स्याङ्तान, कोषाध्यक्षमा सेन्तुन लामा निर्वाचित हुनु भएको छ ।
यस्तै बोर्ड सदस्यहरूमा तीर्थ राज लामा, विष्णु तामाङ, नीरा माया लामा चयन हुनुभएको छ ।
तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्कले तामाङ समुदायको हकहितको सवालमा काम गर्दै आईरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, २१:५२:००