सिन्धुली । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीको कमलामाई-३, चपौलीमा निमार्णाधिन कलाघरको अवलोकन गर्नुभएको छ । कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले नमुना कला संग्रहालय कस्तो बनाउने भन्नेबारे २८ बुँदामा उल्लेख गरेर मन्त्री श्रेष्ठलाई बुझाउनुभएको छ ।
मन्त्री श्रेष्ठले राष्ट्रिय कलाघर सिन्धुलीको कला संग्रहालय निर्माणको लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेशद्वारा विनियोजित बजेटभन्दा दोब्बर बजेट बिनियोजन गरिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले कलाघरको कला संग्रहालय निर्माणको लागि प्रारम्भिक भिजनले मात्रै नपुग्ने भन्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय कलाका विभिन्न विधाका विज्ञहरुसँग व्यापक परामर्श गरेर उनीहरूको आइडियाका आधारमा योजना बनाउन सुझाव दिनुभयो ।
उहाँको आशा छ `कलाकार सुमन र उनको नेतृत्वमा बामे सर्दै गरेको कलाघर सिन्धुलीका सम्पूर्ण टीमको सामूहिक प्रयत्न र अथक् संघर्षबाट भविष्यमा नेपालले नै गौरव गर्ने मौलिक नेपाली कलाघरको निर्माण, मौलिक कलाको संरक्षण र संवर्द्धन हुने कुरामा आशावादी हुन सकिन्छ ।'







प्रकाशित मिति: सोमबार, चैत २०, २०७९, ११:१०:००