काठमाडौं । तामाङ समुदायको एकमात्र साझा संस्था नेपाल तामाङ घेदुङको संघीय कार्यालय (ग्रेन गेदिम) खरिदको लागि नेपाल तामाङ घेदुङ, साइप्रसले ४ लाख १८ हजार ४१८ आर्थिक सहयोग गरेको छ ।
ग्रेन गेदिमको लागि मंगलबार सहयोग रकम तामाङ घेदुङ साइप्रसका कोषाध्यक्ष बिपना घिसिङ तामाङले संघीय अध्यक्ष मोहन गोले तामाङलाई हस्तान्तरण गर्नुभएको सूचना संचार तथा प्रकाशन विभागका प्रमुख तीर्थमान बलले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहअध्यक्ष कुमारसिंह घिसिङ, महासचिव काजीमान थिङ, कोषाध्यक्ष रूपबहादुर योञ्जनलगायत सहभागी हुनुहुन्थ्यो ।
घेदुङले बौद्धमा झन्डै ७ करोड रुपैयाँको भवन खरिदका लागि बैनाबट्टा गरिसकेको छ । २०७९ असार २० गते केन्द्रीय कार्यालय खरिदतार्थ सहयोग अभियान घोषणा गरेको थियो । गत चैतसम्म लक्ष्य प्राप्त गर्ने भनिए पनि सफलता नमिलेपछि थप १ वर्ष सहयोग अभियानलाई लम्ब्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०, २१:५८:००