काठमाडौं । रामेछाप सेवा समाज कतारको अध्यक्षमा नर बहादुर घिसिङ चयन हुनुभएको छ । अप्रिल २८ तारिख २०२३ शुक्रवार दोहा कतारको सनैया स्थित ह्वाइट हाउस रेस्टुरेन्टको एक सभाहलमा सम्पन्न भएको छैटौँ अधिवेशनले घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समाजको प्रथम उपाध्यक्षमा रबिन कार्की, द्वितीय उपाध्यक्षमा शुकदेव खड्का , महिला उपाध्यक्षमा रेणुका लामा चयन हुनुभएको छ । यस्तै समाजको महासचिवमा आशिष मोक्तान तामाङ, सचिवमा कविता खत्री, कोषाध्यक्षमा शुभराम सुनुवार र सहकोषाध्यक्ष जित बहादुर खत्री चयन हुनुभएको छ ।
यस्तै समाजको सदस्यहरूमा प्रकाश दर्नाल, उर्गेन लामा, मोहन मोक्तान, मैना तामाङ, सुजिता तामाङ , सोनाम शेर्पा , राजु मगर , राजन कुमार नेपाली र ल्हेमि शेर्पा चयन हुनुभएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०, ०८:४५:००