काठमाडौं,रासस । सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाउनुभएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । विसं २०१५ भदौ २७ जन्मनुभएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिनुभएको थियो ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गर्नुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री काम गर्नुभएको थियो । नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभिन्न कार्यमा संलग्न हुनुहन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०, २१:२०:००