सिन्धुली । नागरिकको स्वास्थ्यलाई मध्यनगर गर्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज बाट ल्याब सेवा सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कमा हरिहरपुरगढीको वडा नम्बर ३ मा क्षयरोग (टिबी)का बिरामी वृद्धि भएको जानकारी प्राप्त भएपछि नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाकै स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख राजेश्वर शाहले बताउँनुभयो ।
वडा अध्यक्ष बिच बहादुर मोक्तानको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलको प्रमुख आतिथ्यता वडा नम्बर ७ को क्यानेश्वर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु गरिएको हो । ल्याब सेवा सञ्चालनको लागि गाउँपालिकाबाट २० लाख बजेट विनियोजन गरिएको थियो ।
डाक्टर अमन कुमार शाह र ल्याब टेक्निसियन संकल्प राईले नागरिकलाई सेवा प्रदान गर्नुहुनेछ । ल्याबबाट नागरिकले क्षयरोग, एचआइभीएड्स, मधुमेह लगायत परिक्षण गर्न सक्नेछन् ।
.jpg)


प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०, १८:५६:००