नुवाकोट । वाग्मती प्रदेश सांसद एवं निवर्तमान उपसभामुख राधिका तामाङले प्रदेश पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)मार्फत नुवाकोटमा तीन वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
जिल्लाको विकट क्षेत्र दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर २ र पञ्चकन्या गाउँपालिकामा पूर्वकृषि राज्यमन्त्री तामाङले सांसद विकास कोषमार्फत उपलब्ध १/१ वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । शिवपुरीमा उपलब्ध हुने प्रक्रियामा रहेको छ सांसद तामाङलर् जानकारी दिनुभयो ।
वागमती प्रदेशका पूर्वउपसभामुख समेत रहनुभएका तामाङले एम्बुलेन्स प्राप्तिपछि नुवाकोटका दुर्गम गाउँका नागरिकलाई केही सहज हुने आशा व्यक्त गर्नुभएको हो । 'नुवाकोट जिल्लाको विकट क्षेत्र, दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर २ मा प्रदेश पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)मार्फत उपलब्ध एम्बुलेन्स हस्तान्तरण गरियो । तीन वटा एम्बुलेन्समध्ये पञ्चकन्यामा यसअघि नै उपलब्ध भइसकेको छ भने शिवपुरीमा उपलब्ध हुने प्रक्रियामा रहेको छ । दुर्गम गाउँका नागरिकलाई केही सहज हुने आशा गरेको छु,' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।



प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, ११:४३:००