सिन्धुली । मरिण गाउँपालिकाको गौरी शंकर मा. वि जयमंगल विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
प्लान नेपालको आयोजनामा १ र ६ देखि १० कक्षा सम्मका १ सय ८४ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
७ नम्बर वडाका वडाध्यक्ष चन्द्र बहादुर थिङको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झोला पाएपछि विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् ।
मरिण गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा शिक्षामा आकर्षित गराउँने उद्देश्यले झोला वितरण गरिएको जनाएको छ ।



प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०, १८:४९:००