काठमाडौं । वाग्मती प्रदेश नेपाली काँग्रेसको रूपान्तरण अभियान तयारी बैठक सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न भएको बैठकमा कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेठ १६ गते हुने अन्तरक्रिया कार्यक्रममा कांग्रेसलाई कसरी रूपान्तरण गर्ने बारे विस्तृत छलफल गरिने बताउँनुभयो ।
साथै उहाँले २०८४ को निर्वाचनको तयारीको लागि नेपाली काँग्रेस पार्टी रूपान्तरित हुन अति आवश्यक रहेको पनि बताउँनुभयो ।
कांग्रेसको १५ आंै महाधिवेशन र २०८४ सालको निर्वाचनलाई ध्यानमा राखी रूपान्तरण र शुद्धिकरण अभियान शुरु गरिएको र यो गुटको नभई सम्पूर्ण कांग्रेसको साझा कार्यक्रम रहेको पनि बैठकले जनाएको छ । अबको केही दिनमा कार्यक्रमको मिति र स्थानहरू तोकिने पनि बैठकले जनाएको छ ।
बैठकमा कांग्रेसका जिम्मेवार नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०, १९:३९:००