दक्षिण कोरिया । काठमाडौं । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । मे २१ तारिकमा निक ट्राभल्सको सभाहलमा सम्पन्न अधिवेशनबाट राजकुमार स्याङ्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राम बहादुर तामाङ, उपाध्यक्षहरूमा बुद्धि बहादुर तामाङ, प्रिती लामा, गणेश तामाङ र शुभराज बोम्जन चयन हुनुभएको छ । यस्तै महासचिवमा दावा फिन्जो तामाङ, सचिवहरूमा निर योन्जन, लिला बहादुर तामाङ, सुरेश थोकर चयन हुनुभएको छ ।
कोषाध्यक्ष पासाङ बोम्जन, संरक्षक पार्वती मोक्तान र सदस्यमा केशवमान तामाङलाई घेदुङले चयन गरिएको छ ।
नेपाल तामाङ घेदुङका संघिय सहअध्यक्ष कुमार घिसिङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । सहअध्यक्ष घिसिङले भर्चुअल माध्यम मार्फत सहभागिता जनाउनुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा जनजाति महासंघ ‘द’ कोरियाको कार्यवाहक अध्यक्ष बिसान राई, विशेष अतिथिमा एनआरएनएका केन्द्रीय परिषद दक्षिणकोरियाका अध्यक्ष दीपक पुन, लेशन गुरुङ, तुल घर्ती मगर, टेक पुन, सिभ शंकर महत्व चौधरी, शाखा घेदुङ जेजुदोको अध्यक्ष सुनिता ब्लोन, शाखा घेदुङ ख्यङ्साङ बुसानको वरिष्ठ उपाध्यक्ष धनजित वाइबा लगायतको उपस्थिति रहेको थियो ।
तामाङ पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष अमिर योन्जन लगायत विभिन्न सङ्घसंस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अगुवाइमा तामाङ समुदायको सांस्कृतिक पर्व ल्होछार लगायत विभिन्न कार्यक्रमहरू भव्यताका साथ मनाउँदै आइरहेको छ ।
नेपालमा विभिन्न समस्यामा पनि आर्थिक सहयोग गर्नुका साथै दक्षिण कोरियामा पनि विपद्मा परेका विभिन्न व्यक्तिहरूको सहयोग तथा उद्धार गर्दै आइरहेको छ । १० औं कार्यकाल सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्ति संघसस्थालाई निवर्तमान अध्यक्ष रवि योन्जन तामाङले आभार प्रकट गर्नुभएको छ ।
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/1(18).jpg)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/348551674_1589585971445014_2005101272542846297_n.jpg)
![](/ckfinder/core/connector/php/../../../../uploads/editor/2(30).jpg)