रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान दुर्घटना भएको बाँफिकोट–८ वडाध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उहाँको सानो छोराको पनि दुर्घटनामा मृत्यु भएको छ ।
सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०, १०:१९:००