इजरायल । नेपाल तामाङ घेदुङ इजरायलको ल्होछार साँस्कृतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ ।
'धर्म, भाषा, भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्वन गरौं, ताम्सालिङ प्राप्तिको लागि एकजुट होऔं" भन्ने मूल उद्देश्यले तामाङ समुदायको महान् पर्व मन्जुश्री संवत् २८६० डुक (मु-पुख्री ) ल्हो अर्थात् (गडुल वर्ग) सोनाम ल्होछार साँस्कृतिक, साँगीतिक साँझ २०२४ कार्यक्रम यही फेब्रुअरी १६ तारिख २०२४ शुक्रबार तेलअभिभस्थित इभ हलमा सम्पन्न भएको हो ।
![426720321_373453355463573_2041148844674458328_n-1708337920.jpg](https://globlemedia.com/uploads/posts/426720321_373453355463573_2041148844674458328_n-1708337920.jpg?timestamp=1708390137408)
नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजी मोक्तान तामाङको सभापतित्वमा भएको सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बु रहनुभएको थियो । विशिष्ट अतिथिमा संरक्षक परिषद्का तथा संघीय सदस्य सुन्दरसिंह योन्जन तामाङ, विशेष अतिथि लामा धर्मगुरु दावा ह्योल्मो, तामाङ घेदुङ इजरायलका पूर्वअध्यक्ष एवं संरक्षक परिषद् सदस्य पेमा लामा पाख्रिन तामाङ, संस्थाको प्रमुख सल्लाहकार शंखर गोले तामाङ उपस्थित हुनुहुन्थ्यो ।
यसैगरी विभिन्न राजनीतिक संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु, नेफिन इजरायलका संरक्षक परिषद् सदस्यहरु, राष्ट्रिय समुदाय संस्थाको अध्यक्ष एवं प्रतिनिधिहरु, इजरायलमा सक्रिय विभिन्न सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरुको उपस्थिति थियो भने कार्यक्रम संस्थाका महासचिव सुनिल रुम्बा तामाङ र उपमहासचिव सम्झना ब्लोन तामाङले संचालन गर्नुभएको थियो ।
![](https://www.globlemedia.com/uploads/editor/2024-02-19/1020512872.jpg)
कार्यक्रम अतिथि सत्कारबाट सुरु हुँदै समुद्घाटन प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बु, सभाध्यक्ष रोजी मोक्तान तामाङ, विशिस्ट अतिथि संरक्षक परिषद्का सदस्य तथा संघीय सदस्य सुन्दर योन्जन तामाङ, विशेष अतिथिहरु पूर्वअध्यक्ष एवं संरक्षक परिषद्का सदस्य पेमा लामा पाख्रिन तामाङ र प्रमुख सल्लाहकार शंखर गोले तामाङले पानसमा छ्युमे बत्ती बालेर साथै धर्मगुरु लामा दावा ह्योल्मोले बौद्ध धर्म विधिअनुसार मोलाम पाठ गरी गर्नुभएको थियो ।
संस्थाले निर्माण गरेको संरक्षक परिषद्का सदस्य तथा संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङको रचना र संस्थाकी पूर्व सल्लाहकार सारा लामा तामाङको आवाज रहेको डेन मुला (स्वागत गीत) र संस्थाद्वारा निर्मित संरक्षक परिषद्का सदस्य तथा संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङको रचना र चर्चित गायक तथा संगीतकार बिश्व दोङको संगीत तथा विभिन्न चर्चित तामाङ कलाकारहरुको आवाजमा रहेको ह्याङ्ला ताम्सालिङ गीतमा कार्यक्रमको सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरु, अतिथिलगायत सम्पूर्ण ल्होछारप्रेमी पाहुना महानुभावहरुले नाचेर मनोरञ्जन लिनुभएको थियो । साथै ताम्सालिङको झन्डा, तामाङ समुदायको हकहित अधिकार र ताम्सालिङ प्राप्तिको लागि अब एकढिक्का भएर अगाडि बढ्नु पर्छ भनेर संरक्षक परिषदका सद्स्य तथा संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङले आफ्नो मन्तव्यका क्रममा जोड दिनुभएको थियो । तामाङ मौलिक स्याब्रु गीत र नृत्यको साथै मौलिक तामाङ मेन्दोमाया गीतमा पनि नृत्य प्रस्तुत गरिएको थियो ।
संस्थाको पूर्वअध्यक्ष एवं संरक्षक परिषदका सदस्य पेमा लामा पाख्रिन तामाङले संस्थामा स्थापनाकालदेखि आबद्व भएर आर्थिक, भौतिक, नैतिक रुपमा दिनुभएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै धन्यवादसहित कार्यक्रमका सभापति रोजी मोक्तानले दोसल्लाद्वारा र प्रमुख अतिथि, विशिष्ट अतिथिले एकमुष्ठमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । साथै उहाँले सम्पूर्ण अग्रजहरु र संस्थाप्रति धन्यवाद दिइ अन्त्यमा ल्होछारको शुभकामना मन्तव्य पनि राख्नुभएको थियो ।
ल्होछार कार्यक्रम सफल बनाउन आर्थिक सहयोग दिनुभएका सहयोगीदाताहरु र ल्होछारको समाचार सम्प्रेषण गरेर साथ दिनुहुने मिडियाकर्मीहरुलाई उहाँहरुको अमूल्य योगदानको उच्च मूल्यांकन गर्दै धन्यवादसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो । ल्होछार साँगीतिक साँझ २०२४ कार्यक्रम तामाङ घेदुङ इजरायलका सचिव तथा सांस्कृतिक विभाग प्रमुख पारस घिसिङ तामाङ र उपाध्यक्ष तथा सांस्कृतिक विभाग उपप्रमुख रन्जना ग्याबक तामाङले सन्चालन गर्नुभएको थियो ।
![](https://www.globlemedia.com/uploads/editor/2024-02-19/102331262423944074_402032275881529_3491855446158694826_n.jpg)
कार्यक्रम भव्यताको साथ सफल बनाउनको लागि कलाकारहरु सूर्य राना मगर, पारस घिसिङ तामाङ, दिलीप सुन्दास, वाङ्दी पाख्रिन तामाङ, पेमा लामा पाख्रिन, श्याम जिम्बा तामाङ, राम मोक्तान, प्रणय पाख्रिन तामाङ र नरेश ब्लोन तामाङले साँगीतिक प्रस्तुति दिनुभएको थियो । स्नेहा घिसिङ तामाङ, रन्जना ग्याबक तामाङ, जमुना किसि प्रधान र सोनाम लोप्चन तामाङले नृत्य प्रस्तुन गर्नुभएको थियो ।
यस ल्होछार कार्यक्रमकी सहसंयोजक तथा संस्थाका उपाध्यक्ष कुमारी गल्देन तामाङले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा ल्होछारप्रेमी पाहुना महानुभावहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने ल्होछार पर्व र ल्होछार कार्यक्रमबारेमा संस्थाको वरिष्ठ उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजक मदन नेगी तामाङले प्रकाश पार्नुभएको थियो । यसैगरी शुभकामना मन्तव्य सात वटा राष्ट्रिय जातीय समुदायको तर्फबाट ह्योल्मो समाज इजरायलको अध्यक्ष शमिर श्याङ्बा ह्योल्मो, विशिष्ट अतिथि तथा नेपाल तामाङ घेदुङ इजरायलको संरक्षक परिषद्का सदस्य तथा तामाङ घेदुङ केन्द्रीय संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङ, प्रमुख अतिथि नेफिन इजरायलको अध्यक्ष कुमार आङदेम्बे लिम्बुले दिनुभएको थियो ।
![](https://www.globlemedia.com/uploads/editor/2024-02-19/102348617423944409_1441350626784264_258458664824121838_n.jpg)
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरु कार्यक्रम सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलगायत संस्थाका अग्रज तथा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई संस्थाका अध्यक्ष तथा सभापति रोजी मोक्तान तामाङले धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।
सोनाम ल्होछार कार्यक्रमलाई सफल बनाउन गरिमामय उपस्थित हुनुभएका सम्पूर्ण पाहुना महानुभावहरु तथा उक्त कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्णमा नेपाल तामाङ घेदुङ, इजरायल परिवारले आभार प्रकट गरेको छ ।
यसैगरी आउने दिनहरुमा पनि साथ-सहयोग रहन्छन् भन्ने अपेक्षा गरेको महासचिव सुनिल रुम्बा तामाङले बताउनुभयो । उहाँले कार्यक्रमको दौरानमा आयोजक टिमबाट कुनै कमीकमजोरी हुन गएमा क्षमायाचना समेत गर्नुभएको छ ।