काठमाडौँ । नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचित भएको छ । १९ जना पदाधिकारीमा एक जना महिला निर्वाचित भएको छ ।
पद्मा अर्याल सचिव पदमा निर्वाचित हुनुभएको हो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार ईश्वर पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै अध्यक्षमा केपी शर्मा ओली समूहबाट निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई निर्वाचित हुनुभएको छ ।
यस्तै सचिवहरुमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत
निर्वाचित हुनुभएको छ ।