नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश संगठन समिति सदस्य तेजबहादुर तामाङले गाउँको विकासका लागि खेलकुद कार्यक्रम आयोजना गर्दा केही व्यक्ति र मिडियाले गलत मनासायले प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
पालिकाको वडा २ कालिका माविमा बुधबारदेखि सुरु तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रमममा तामाङले अन्य विकास निर्माणमा जस्तै खेलकुद विकासका लागि हरेक वर्ष बजेट खर्च गरिँदै आएकोमा केही पक्षले भ्रष्टाचार गरे भनेर कुप्रचार गरिएको भन्दै आक्रोश पोख्नुभएको हो ।
उहाँले गाउँमा भएको तीव्र विकास देख्न नसकेर तिल्मिल्याएकाहरुले आफू नेतृत्वको सरकारको विरोध गरेको बताउनुभयो । उहाँले अनावश्वक र अस्वाभाविक ढंगले विरोधका लागि विरोध गर्नेहरु पञ्चकन्याका नागरिक हुन नसक्ने र त्यस्ता व्यक्तिहरु पञ्चकन्याद्रोही भएको आरोप लगाउनुभयो ।
'अरु विकास निर्माणका काम सँगै खेलकुद क्षेत्रमा पञ्चकन्याले बजेट खर्च गरिरहेको छ । सबै क्षेत्रको विकास भयो भने मात्रै समृद्ध पञ्चकन्या बन्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले कार्यक्रमहरुको आयोजना गरिराखेका छौं । यसमा कतिपयले साथीहरुले भन्ने गर्नुभएको छ, हरेक वर्ष खेलकुद क्षेत्रमा हुने भ्रष्टाचारलाई रोक्नु पर्छ भनेर । सामाजिक सञ्जालमा पञ्चकन्याकै नागरिकले र केही सञ्चारमाध्यमले ती खालका विषय लेख्ने गर्नुभएको छ,' उहाँको भनाइ थियो, 'म त भन्छु पञ्चकन्याको विकास, पहिचानको निम्ति गरिने यी खालका कार्यक्रमको विरोध गर्ने मान्छे पञ्चकन्याका नागरिक हुन सक्दैन । तिनी कुलंगार हुन् । गाउँद्रोही हुन् । भलै पञ्चकन्यामा जन्म लिएको भए पनि । तिनी पञ्चकन्याद्रोही हुन सक्छ ।'
आफूहरु पनि मान्छे भएकोले केही कमीकमजोरी हुन सक्ने भन्दै उहाँले त्यस्ता कुरा सच्याउन तयार रहेको बताउनुभयो । उहाँले आफू गाउँपालिकाको नेतृत्वमा आइसकेपछि राजनीतिक प्रतिशोध साध्ने र एकपक्षीय ढंगले काम नगरेको पनि प्रस्ट पार्नुभयो । 'हामी पनि मान्छे हौं । केही कमीकमजोरी भएको छ भने हामी सच्याउन तयार छौं । सच्निन तयार छ । तर हामीले पञ्चकन्याका हरेक क्षेत्रमा राजनीतिक हिसाबले कार्यक्रम र विकास निर्माणका कामहरु गरेका छैनौं । आगामी दिनमा पनि गर्ने छैनौं । खेलकुद क्षेत्रमा कतिपय कुरा सुधारका सुझाव दिनुभएको छ कतिपय राजनीतिक दलका नेतागणहरुले । आगामी दिनमा हामी सुधारेर लैजाने नै छौं । यहाँहरुले दिनुभएको सल्ला सुझावलाई मनन गर्दै आजको दिनसम्म सँगसँगै अघि बढेकोले आगामी दिनमा पनि त्यसै गरी जाने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।'
आफू गाउँको विकास गर्न नेतृत्वमा आएको बताउँदै अध्यक्ष तामाङले कसको पालामा कति विकास भएको छ भन्ने कुरा आम पञ्चकन्यावासी जानकारी रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जित्ने आधार खडा गरिएको दाबी गर्दै कसलाई अप्ठेरो छ भन्ने कुरा समयले बताउने समेत अन्य राजनीतिक दलका नेताहरुलाई चुनौती दिनुभयो ।
मन्तव्यको केही अंश जस्ताको तस्तै
अरु विकास निर्माणका काम सँगै खेलकुद क्षेत्रमा पञ्चकन्याले बजेट खर्च गरिरहेको छ । सबै क्षेत्रको विकास भयो भने मात्रै समृद्ध पञ्चकन्या बन्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले कार्यक्रमहरुको आयोजना गरिराखेका छौं । यसमा कतिपयले साथीहरुले भन्ने गर्नुभएको छ, हरेक वर्ष खेलकुद क्षेत्रमा हुने भ्रष्टाचारलाई रोक्नु पर्छ भनेर । सामाजिक सञ्जालमा पञ्चकन्याकै नागरिकले र केही सञ्चारमाध्यमले ती खालका विषय लेख्ने गर्नुभएको छ । मत भन्छु पञ्चकन्याको विकासको निम्ति, पहिचानको निम्ति गरिने यी खालका कार्यक्रमको विरोध गर्ने मान्छे पञ्चकन्याका नागरिक हुन सक्दैन । तिनी कुलंगार हुन् । गाउँद्रोही हुन् उनी । भलै पञ्चकन्यामा जन्म लिएको भए पनि तिनी पञ्चकन्याका नागरिक हुन सक्दैन । तिनी पञ्चकन्याद्रोही हुन सक्छ । यदि आफ्नो गाउँ भएको भए । आफ्नो गाउँमा भएको केही कमीकमजोरी छ भने यो कमजोरी भयो भनेर खबरदारी गर्ने र जानकारी गराउने ।
२०६८ को जनगणनाअनुसार पञ्चकन्याको १५ हजार ९४५ जना जनताले कुन कुन क्षेत्रमा कति भ्रष्टाचार भएको खोज्ने अधिकार छ । सबैले खोज्नु पाउनुपर्छ । पाइन्छ पनि । कहाँ कति काम भएको छ त्यो खोज्न पनि पाइन्छ । तर अनावश्यक रुपमा पञ्चकन्याको विकास, खेलकुद क्षेत्र र अन्य प्रगति हेर्न नसकेर । राजनीतिक हिसाबले आरोप प्रत्यारोप गर्ने ती गाउँद्रोही हो । भलै पञ्चकन्याका एकजना महिला आमाले जन्म दिएको भए पनि नागरिकता पञ्चकन्याबाट लिएको भए पनि तिनी पञ्चकन्याका नागरिक हुन सक्दैन । पञ्चकन्याको विरोधी हुन सक्छन् । तिनी पञ्चकन्याको विरोध गर्ने पञ्चकन्याको विकास हेर्न नसक्ने विकास देखेर तिल्मिल्याएका ती फटाहा हुन् भन्न चाहन्छु । यदि पञ्कन्याको सञ्चा नागरिक हो भने मेरो आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्दछ । र पञ्चकन्याका हरेक विकासमा म सहभागी हुनपर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यस कारणले पनि सामाजिक सञ्जालमा लेख्न सबैलाई आउँछ । सत्य कुरा लेखौं ।
हामी पनि मान्छे हौं । केही कमीकमजोरी भएको छ भने हामी सच्याउन तयार छौं । सच्निन तयार छ । तर हामीले पञ्चकन्याका हरेक क्षेत्रमा राजनीतिक हिसाबले कार्यक्रम र विकास निर्माणका कामहरु गरेका छैनौं । आगामी दिनमा पनि गर्ने छैनौं । खेलकुद क्षेत्रमा कतिपय कुरा सुधारका सुझाव दिनुभएको छ कतिपय राजनीतिक दलका नेतागणहरुले । आगामी दिनमा हामी सुधारेर लैजाने नै छौं । यहाँहरुले दिनुभएको सल्ला सुझावलाइ मनन गर्दै आजको दिनसम्म सँगसँगै अघि बढेकोले आगामी दिनमा पनि त्यसै गरी जाने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।
स्वयम् व्यक्तिलाई थाहा छ । एउटा राजनीतिक दलको कार्यकर्ता भएकोले अरुले गरेको काम सहनै नसके र मात्रै त्यो भन्न बाध्य भएको हो । उहाँले छातीमा हात राखेर भन्ने हो भने उहाँ आफैलाई थाहा छ । मेरो पालामा भन्दा धेरै भएको छ । बाहिर भन्न नमिल्ने भएर मात्रै हो । उहाँले भन्नै मिल्दैन । पार्टीमा लागिसकेपछि अरुले गरेको काम सेतै भए पनि कालो भन्नु पर्ने नेपालको संस्कार भएकोल कारण विचरा त्यसो भन्नुभएको मात्रै हो । म बुझ्छु । उहाँलाई सम्मान गर्छु म । उहाँ समस्यामा हुनुहुन्छ त्यो भन्नु पर्ने । यो भिड। नभेनेमा पार्टीले भोलि गाली गर्ला । पार्टीको सभापति भएपछि त्यो कुरा राख्नै पर्छ । उहाँलाई राम्रैसँग थाहा छ हाम्रो पालामा ५ प्रतिबद्ध भएको थिए अहिले ९५ प्रतिशत भएको छ भन्ने उहाँलाइ थाहा छ । त्यो भन्नुभयो भने उहाँको पार्टी सभापति भोलि फुल्किन्छ ।
पार्टीले गाली गर्छ । कारबाही गर्छ । त्यो कारणले बाध्य छ । तर कति विकास भएको छ भन्ने जजमेन्ट गर्ने यहाँका जनताको सम्पू्र्णलाई थाहा छ । हिजोको अवस्था के हो आजको के हो । म अरु पार्टीका नेताले जसरी यो सबै मैले गरेको हुँ भन्दिनँ । यो मेरो दायित्व हो कर्तव्य हो । मैले आफ्नो ड्युउटी ठानेर गरिराखेको छु । म यही गर्छु भनेर आएको हो । त्यसैले गरिराखेको छु । आज कति काम भएको छ । यहाँहरुले देख्नुभएकै छ । राजनीतिक हिसाबले भोलि समस्यामा पर्न सक्छ भन्नु भा छ केही साथीहरुले ? त्यो त समय बताउने नै कुरा छ । कसलाई समस्यामा पार्छ भनेर । धेरै के भनिरहनु । यो जजमेन्ट गर्ने पनि यही पञ्चकन्याकै बाआमासहित सबैको हो ।