काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको पदाधिकारीका लागि भएको चुनावको मतगणना जारी छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रारम्भिक चरणको मतगणनामा अध्यक्षका उम्मेदवार सरल सहयात्री पौडेलको अग्रता देखिएको छ । ५० मतगणनाको पछिल्लो परिणामअनुसारको विवरण तल दिइएको छ ।
अध्यक्ष
- दिनानाथ गौतम - १६
- सरल सहयात्री पौडेल -३३
उपाध्यक्ष
- शिव कोइराला : १४
- मैनकुमार मोक्तान : १५
- रुपा महर्जन : ३३
- प्रेम पुलामी : २१
सचिव
- इन्द्रबहादुर थिङ (छिन्ताङ)- २८
- रामचन्द्र अधिकारी -१४
- धर्म ढुंगेल-५
सहसचिवमा
- महेश्वर फुयाल : १६
- दलबहादुर बुर्लाकोटी : १६
- माधव लामिछाने : १७
- नवराज ढुंगाना : १४
- प्रकाश श्रेष्ठ : २२
कोषाध्यक्षमा
- संगीता भट्टराई : २५
- इन्दिरा अधिकारी : १६
- विदुर खड्का : ५
................
काठमाडौं । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको पदाधिकारीका लागि सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा केहीबेर अघि मात्रै मतगणना सुरु भएको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले जानकारी दिनुभयो । सोमबार भएको मतदानमा २७५ मतदातामध्ये २६१ जनाले मतदान गरेका छन् । माओवादी वाग्मतीको ९ जना पदाधिकारीका लागि मतदान भएको हो । निर्वाचनमा अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतम मैदानमा हुनुहुन्छ ।
त्यस्तै ३ उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाको उम्मेदवारी परेको छ ।
त्यस्तै ३ सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । कोषाध्यक्षका भने तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।