काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्कने जनाएको छ । गत असोजमा उपचारका लागि थाइल्यान्ड जानुभएका नेता पुनको थप उपचारको लागि उतैबाट चीन लगिएको थियो । समाजिक संजाल मार्फत आफु सोमबार बेलुका ८ बजे नेपाल फर्किने तयारी भएको जानकारी गराउँनु भएको छ ।
चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज हुनुभएका पुन पूर्ण रुपमा स्वस्थ्य भइसक्नु भएको छ । जण्डिसको मात्रा बढेपछि उहाालाई काठमाडौंको सुमेरु अस्पताल भर्ना गरिएको थियो।
स्वदेशमा उपचार सम्भव नभएपछि थाइल्याण्ड लगिए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनजेन लगिएको हो।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, १४:४५:००