काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय कोरोना बढेसंगै मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च हो । यो संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ११ हजार ६५१ पुगेको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ७ रहेको छ ।
यस्तै १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, १६:४६:००