नुवाकोट । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार र बिहिबार दुईदिनसम्म चलेको बैठकले जिल्ला र पालिका कमिटीको नेतृत्वमा जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैठकले अधिकांश जिल्लाको संयोजक र सचिव चयन गरिएको छ । नयाँ कार्यबिभाजन अनुसार रसुवा जिल्ला संयोजकमा मेघनाथ घिमिरे ‘प्रभाकर’ र सचिवमा फुर्पु तेन्जेन तामाङ, नुवाकोट संयोजकमा पुष्प लामिछाने, धादिङको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने, मकवानपुरको संयोजकमा सर्केश घलान ‘मधु’ र सचिवमा भिम पाख्रीनलाई चयन गरिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको संयोजकमा गोविन्द पराजुली र सचिवमा उद्दन आले मगर, दोलखाको संयोजकमा कुलबहादुर बुढाथोकी, रामेछापको संयोजक मैनकुमार मोक्तान ‘मदन’ र सिन्धुलीको संयोजकमा रामकुमार पौडेल चयन भएको प्रदेश कमिटी सचिव इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले जानकारी दिनुभयो । बाँकि जिल्लामा भने केही समस्या भएकाले थप छलफल गरी टुंग्याउने र सर्कुलर बन्दा सम्म सबै जिल्लाको टुंगिने सचिव तामाङले बताउनुभयो ।
संयोजकमा पुष्प लामिछाने चयन भए पनि सचिव टुंग्याउन बाँकि नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र र पालिका कमिटीको नेतृत्व चयन गरिएको छ । बैठकको निर्णय अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज शिव खाती, संयोजक प्रमोदलाल श्रेष्ठ र सचिवमा धर्मराज अधिकारीलाई चयन गरिएको छ । उक्त क्षेत्रको प्रदेश १ मा इन्चार्ज तेजबहादुर तामाङ, संयोजक योगेन्द्र रुम्बा र सचिवमा गणेश उप्रेती चयन हुनभएको छ । त्यस्तै प्रदेश दुईमा इन्चार्ज सिता खतिवडा, संयोजक धनबहादुर मिजार र सचिव रामहरी श्रेष्ठलाई चयन गरिएको छ ।
बैठकले नुवाकोट निर्वाचन क्षेत्र नम्बर दुईको इन्चार्जमा केशव पुडासैनी, संयोजक राजकुमार रेग्मी र सचिवमा कल्पना रिमाललाई चयन गरिएको छ । यसै गरी क्षेत्र नम्बर दुईको प्रदेश एकमा इन्चार्ज सुभद्रा नेपाल, संयोजक जगतबहादुर लामा र सचिवमा लिलानाथ न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै प्रदेश दुईमा इन्चार्ज राममाया बोगटी, संयोजक नवराज ओझा र सचिवमा जयमान वाइबा चयन हुनुभएको छ ।
त्यसैगरी बैठकले नुवाकोट जिल्लाका १२ वटै पालिका कमिटीको इन्चार्जहरु तोकिएको छ । निर्णय अनुसार बेलकोटगढीमा नवीन पुडासैनी, विदुरमा रामचन्द्र पौडेल, ककनीमा उत्तम घिमिरे, शिवपुरीमा राजनलाल श्रेष्ठ, पञ्चकन्यामा रत्नबहादुर सुनार, दुप्चेश्वरमा लालबहादुर तामाङ इन्चार्ज तोकिएको छ । त्यस्तै तादीमा गमला श्रेष्ठ, लिखुमा विवेक ढकाल, सुर्यगढीमा सुवास तामाङ, किस्पाङमा अर्जुन न्यौपाने, मेगाङमा रामेश्वर खड्का र तारकेश्वरमा राजेन्द्र न्यौपानेलाई इन्चार्ज तोकिएको माओवादी केन्द्र नुवाकोटले जनाएको छ ।