काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको बालाजु बाइसधारा मेला यस वर्ष भने लागेको छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेलाका अवसरमा शनिबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । मेलाका लागि व्यवस्थापन समितिले ध्वजापताकाले सजाइएको छ भने व्यापारीहरु पनि जम्मा भएका छन् ।
.jpg)
यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा थियो । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ ।
.jpg)
बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् । किंवदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो । यसै मान्यतानुसार बाइसधारा जात्रा मनाइने चलन रहिआएको मानिन्छ ।.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९, १४:४२:००