सिन्धुली । आसन्न स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच मात्रै भागबन्डा गरिएको छ । सत्ता गठबन्धनमा ५ दल भए पनि सिन्धुलीमा बिहीबार दुई दलबीच सहमति भएको हो ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा कांग्रेसको भाग ५ प्रमुख र ४ उपप्रमुख परेको छ । नेकपा माओवादी केन्द्रको भागमा ४ प्रमुख र ५ उपप्रमुख परेको छ । नेकपा एसलाई जिल्ला समन्वय समितिको प्रमुख र जसपालाई उपप्रमुख दिने सहमति अनुसार पालिका उम्मेदवारको टुङगो लगाएको एक नेताले बताउँनुभयो ।
कमलामाई नगरपालिका
मेयरः नेपाली कांग्रेस
उपमेयरः नेकपा माओवादी केन्द्र
दुधौली नगरपालिका मेयरः नेकपा माओवादी केन्द्र
दुधौली नगरपालिका उपमेयरः नेपाली कांग्रेस
तिन पाटन गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
फिक्कल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
गोलनजोर गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
सुनकोशी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: नेपाली कांग्रेस
घ्याङलेख गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष: माओवादी केन्द्र
मरिण गाउँपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्ष: नेपाली कांग्रेस
हरिहरपुरगढी गाउँपालिका
अध्यक्ष: नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: नेपाली कांग्रेस