काठमाडौं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ।
कैलालीका अधिकांश पालिकामा उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टीले घोषण पत्रमार्फत् पाँच वटा वाचा गरेको छ । स्वागतद्वारको नाममा अनावश्यक खर्च नगर्ने, भ्यू-टावर नबनाउने, अनावश्यक कल्भर्ट निर्माणमा ध्यान नदिने, विकास बजेट खर्चेर सभाहल नबनाउने र शिक्षा, स्वास्थ्य, जन सरोकार, शान्त दुर्व्यसनमुक्त समाजमा जोड दिने वाचा गरेको छ ।
त्यस्तै सीपमूलक साना उद्योग, कच्चापदार्थको जोहो, प्रांगरिक मल उद्योग, शिक्षा, स्वास्थ्यमा सतप्रतिशत निशुल्क, खेलकुद, महिला उद्यमीको विकास, युवा स्वरोजगार कार्यक्रम, उत्पादनसँग नागरिकलाई जोड्नेलगायत कुरालाई प्राथमिकतामा राख्ने घोषणा पत्र उल्लेख गरिएको छ ।
पार्टीले भौगोलिक साँस्कृतिक पहिचानलाई पनि मुख्य कार्यदिशा बनाएको छ । हामीले हाम्रा पहिचानका सभ्य परम्परालाई निरन्तरता दिनैपर्छ। तबमात्रै हामी असली कहलिन्छौं र हामी र हाम्रा पौराणिक अवस्थालाई दृश्यालोकन गर्न पर्यटकहरुको घुइँचो लाग्नेछ। पर्यटनलाई टेवा दिने प्रकारका हाम्रा संस्कृति, पौराणिक परम्परालाई हामीले निरन्तरता दिनैपर्छ,घोषणा पत्रमा भनिएको छ।