काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता गरिएको छ । सोमबार मध्यरातिसम्म झन्डै १ लाख जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताका लागि उम्मेदवारहरु बाजागाजा र साँस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । विभिन्न दलका नेता, कार्यकर्ताहरुमा निकै उत्साह देखिन्थ्यो ।
.jpg)













प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९, ००:०४:००