सिन्धुली संवाददाता । नेकपा एमाले गोलन्जोर गाउँपालिका वडा नम्बर ५ मा भब्य चुनावी आमसभा सम्पन्न भएको छ ।
आसन्न निर्वाचन २०७९ बैशाख ३० गते हुने निर्वाचनको लागी परिचालन गर्ने सचिवालय कमिटीको आयोजनामा चुनावी आमसभा सम्पन्न भएको हो । गोलन्जोर गाउँपालिका ५ को निर्वाचन परिचालन सचिवालय समितीका संयोजक लाल बहादुर थापाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश पहाडिको प्रमुख आतिथ्यतामा भएको चुनावी आमसभामा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समितीका सदस्य केशव देबकोटा,जिल्ला कमिटी सचिव नारायण बराल,गोलन्जोर गाउँपालिकाका अध्यक्षपदका उमेदवार शकरराज बराल,उपाध्यक्ष ममता देबकोटा,५ नम्बर वडा अध्यक्ष पदका उमेदवार गोबिन्द बहादुर लुङ्गेली लगायतको उपस्थितीमा हर्षोउल्लासका साथ आमसभा सम्पन्न भएको नेकपा एमाले गोलन्जोर गाउँपालिकाका सचिव निर्मल कुमार रम्तेलले जानकारी दिनुभयो ।
आमसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश पहाडिले स्थानियतहको निर्वाचन स्वच्छ र सकारात्मक ढङ्गले अगाढि बढाउने बताउँदै जनताको घरघरमा गएर पार्टिको निति सिद्धान्त र कार्यक्रम,बिकास निर्माणका योजनाहरु लगायत आफ्नो प्रतिबद्धतामा लेखेका कुराहरुलाई जानकारी गराउँने बताउनु भयो । उक्त प्रतिबद्धतालाई चुनावमा निर्वाचित भए पश्चात उमेदवारहरुले पार्टिले कार्यान्वायन गर्न तहमा पु¥याउन आग्रह गर्नुभयो । त्यस्तै पहाडिले गठबन्धनदल भन्दा नेकपा एमालेको निति,सिद्धान्त तथा कार्यक्रमहरु गहकिलो रहेको बताउँदै यसभन्दा अघि नेकपा एमाले निर्वाचित भएका वडामा पालिका र अन्य वडाभन्दा धेरै नै बिकास निर्माण भएको बताउनुभयो ।
त्यस्तै चुनावी आमसभालाई सम्बोधन गर्नुहुदै जिल्ला पार्टि सचिव नारायण बरालले गएको ५ बर्ष नेपाली काङ्ग्रेसले नेतृत्व गरिरहँदा गोलन्जोर गाउँपालिकामा बिधिथिती मिचेर काम गरेको आरोप लगाउनुभयो । नेकपा एमालेले नेतृत्व गर्न अबसर पाउँदा बिकास निर्माणका काम सिस्टम र पद्धतिमा सन्चालन गर्न बताउनुभयो । गोलन्जोर गाउँपालिकाका अध्यक्षपदका उमेदवार शंकरराज बरालले गोलन्जोर गाउँपालिकामा ५ बर्ष सम्ममा बिगारेको थिति लाई सुधार्ने बताउँदै अब नेकपा एमालेले बिजय भए पश्चात जनताको प्रभाहमा पर्ने,कृषि,शिक्षा,स्वास्थ्य,बिधुत,सकड,युवा रोजगार,महिला शसक्तिकरण तथा बालमैत्रि कुराहरु सशक्त ढङ्गले योजना भित्र राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै उपाध्यक्ष पदका उमेदवार देबकोटाले पालिकाभरिका महिलाहरुको समस्यालाई सम्बोधन गर्ने बताउँदै महिला सशक्तिकरण गराउने,महिलाहरुलाई उद्यमशिलतामा जोड्ने,अस्पताल,स्वास्थ्यचौकि,उपस्वास्थ्यचौकि ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको नेकपा एमाले गोलन्जोर गाउँपालिकाका सचिव निर्मल कुमार रम्तेलले जानकारी दिनुभयो ।
चुनावी आमसभामा ७ सय भन्दा बढि गोलन्जोरबासिको उपस्थिती रहेको जनाइएको छ ।